Link Worth

सपनाको महलमा सिर्जनाका हातहरु - Exclusive

Written on July 2, 2007 – 6:54 pm | by Prakash Thapa |

साठी बर्षो बुढ्यौली शरीर लिएर दिनभरी ग्राहकको प्रतिक्षामा बसि साँझको सुन्यतासंगै परिवारको सुख - दुखमा आफूलाई समाहित गराउने यी बृद्ध हुन् सिन्धुपाल्चोकको एक विकट गाँउमा जन्मेका गोपी तिमिल्सिना । बाँया खुट्टा राम्ररी चलाउन नसक्ने गोपी सडक पेटीमा नाङ्ग्लो पसल थापेर सहरको महंगाईमा पनि आफ्नो परिवारलाई दुई छाक इज्जतको कमाई खुवाउन सक्षम छन् । आफ्नो समयमा १ मोहर नभएर पढ्न नपाएको दुखान्त सुनाउने गोपीले १ छोरी र १ छोरालाई उनीहरुले पढेसम्म पढाउने दृढ संकल्प बोकेका छन् ।

जीवनको सुनौला पलहरु एही सडक मा संर्घष् गर्दै वितेको सुनाउने गोपीलाई कहिलेकाही सम्पन्न व्यक्तिहरु यही सडक मा चिल्ला कारमा सुईकेको देख्दा आफ्नो जीवन त र्व्यर्थमा पो वितेछ झै लाग्ने गर्छ। लामो सुस्केरा मा आफ्नो दुःखको समय टेकाउदै उनी भन्छन् - शायद आफ्नो जमानामा मैले पनि पढ्न पाएको भए, यो समय यो सडकमा अरु कुनै गोपीले मलाई हेरेर यही जो मैले सोच्ने गर्छु, त्यही सोचिरहेको हुन्थ्यो होला । यो सहरकै कुनै कुनामा आफ्नो पनि बंगला अनि सम्पन्नता को कल्पना गर्छन उनी । तातो घामले निधारमा तर्काएको पसिना लाई सपक्क पुस्दै उनी थप्छन् - बाबु जीवनमा मैले धेरै पढ्न पाइन त्यसैले धेरै अवसरहरु आफ्नै आँखा अगाडी बाट गएका छन् । म जस्तो थोरै पढेको मानिसलाई कसले पो जागिर दिन्थ्यो र - जे होस्, अल्पशिक्षाको कारण मैले भोगेका ती दुखद क्षणहरु कम्तिमा पनि मेरो पुस्तालाई भोग्न दिने छैन, आफु भोकै बसेर पनि शिक्षाको उज्यालोबाट मेरा सन्ततीलाई बन्चित गराउँदिन् । उनीहरुलाई यही सहरले चिन्ने योग्य मानिस बनाउँनेछु ।

दसौँ कक्षामा अध्ययनरत छोरा अनि सातौँ कक्षामा अध्ययनरत छोरीका पिता गोपीले गरिवीका कारण भोग्नु पर्ने, सहनु पर्ने धेरै परिस्थितिको हदै सम्मका भोगाईहरुलाई जीवनमा आत्मसाथ गरिसेकेका छन । अव बाँकी छ त केवल त्यो सुनौलो सपना जुन हरेक दिन, हरेक रात देख्ने गर्छन उनले, छोरा र छोरी राम्रो सँग पढेर देशको योग्य नागरिक भएको हेर्ने ।

गोपीका दुःखका क्षणहरु लाई मलहम लगाउने उनका यी कल्पनाले चाडै नै साकार रुप पाओस्, हाम्रो यही शुभकामना छ गोपीलाई ।

एजुकेशनसंसार डट कम [EducationSansar.com]

Related Posts

Put your related posts code here

Post a Comment

About Me

I am Prakash Thapa a Freelancer Web Programmer and this is my personal blog. Since from the beginiing of my journey in this Web World I have learned so many things by self-study. And have completed so many web-projects. Currently I am running my own web-house "ITWeb Developer" at Kathmandu, Nepal... More

Want to subscribe?

 Subscribe in a reader Or, subscribe via email:
Enter your email address:  

Our Sponsors


Translate This Blog

English flagItalian flagGerman flagSpanish flagFrench flagPortuguese flagJapanese flagKorean flagChinese flagArabic flagRussian flag
Find entries :